कैलालीमा जंगलभित्र युवतीकाे हत्या
पढ्न लाग्ने समय :
धनगढी : कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।
नवप्रगतशिल सामुदायिक जंगलमा शनिवार दिउँसो अन्दाजी २७ वर्षीया युवतीकाे शव भेटिएको कैलाली प्रहरीले बताएकाे छ।
शवकाे पहिचान भने खुल्न सकेकाे छैन्। युवतीकाे मुख जलाएकाे अवस्थामा शव भेटिएकोले पहिचान गर्न समस्या भइरहेको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टाेली तालिमप्राप्त कुकुरसहित खटिएको छ।
जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टाेली परिचालन गरिएकाे छ।