कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही गर्ने जनाएको छ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाएका हुन्। उनले अबदेखि कार्यालय समयमा नभेटिने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानूनबमोजिम कारवाही गर्ने बताए।

स्वास्थ्य सचिव बुर्लाकोटीले जारी गरेको निर्देशनमा स्वास्थ्य सेवा विभागलगायतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हाजिरी हेर्दा कार्यालयमा हाजिर भएको देखिने, तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने पाइएकाले सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो प्राप्त भएको उल्लेख छ।

‘यसरी कार्यालय समयमा आफ्नो कार्यकक्षमा उपस्थिति नहुनु प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी संयमित रही आफ्नो पदीय मर्यादा, आचारण र अनुशासन एवं विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ’, निर्देशनमा भनिएको छ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ