काँग्रेस कैलाली क्षेत्र नम्बर ५ मा ‘मेरा १५ दिन पार्टीलाई’ अभियान सुरू

Tuesday February 17, 2026

पढ्न लाग्ने समय :


धनगढी: फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अन्तर्गत नेपाली काँग्रेसले आफ्नो विशेष जनसञ्चार अभियान ‘मेरा १५ दिन पार्टीलाई’ सुरू गरेको छ। यस अभियान अन्तर्गत पार्टीका सबै तह र तप्काका कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय हुन आह्वान गरिएको छ।
पार्टी प्रवक्ता अनुसार, अभियानको मुख्य उद्देश्य घर-घर, टोल-टोल, वडा-वडा र शहर-शहरमा पार्टीको झण्डा फहराउँदै जनमत सिर्जना गर्नु हो। कार्यकर्ताले १५ दिनसम्म लगातार प्रचार-प्रसार, भेटघाट र जनसंपर्कमा संलग्न रहि नेपाली काँग्रेसका उम्मेदवारहरूको पक्षमा व्यापक समर्थन जुटाउने योजना बनाइएको छ।
यस अभियानका माध्यमबाट नेपाली काँग्रेसले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम र उम्मेदवारहरूको योग्यताबारे जानकारी दिनेछ। पार्टीको मुख्य उम्मेदवार नर नारायण शाह मनु को पक्षमा जनमत जुटाउने र निर्वाचनमा विजयी बनाउने उद्देश्यले यो १५ दिने अभियान अत्यन्त महत्वपूर्ण मानिएको छ।
पार्टीका नेताहरूले सबै तहका कार्यकर्तालाई व्यक्तिगत रुपमा सक्रिय हुन, टोल–वडा स्तरमा बैठक, घरदैलो भ्रमण, र सामाजिक संजालमार्फत प्रचार प्रसार गर्न निर्देशन दिएका छन्। विशेष गरी अभियानका प्रत्येक दिनलाई रणनीतिक रूपमा विभाजन गरेर जनमत सिर्जनामा उच्चतम प्रभाव पार्ने योजना बनाइएको छ।
क्षेत्रीय सभापति भिम पडालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पार्टीले स्थानीय तहका प्रतिनिधिहरू, युवासमितिहरू र महिला सञ्जाललाई पनि अभियानमा संलग्न गराउँदै समाजका सबै वर्गमा पार्टीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। यसरी १५ दिनसम्म निरन्तर सक्रिय रहँदा नेपाली काँग्रेसले आगामी निर्वाचनमा मजबुत जनसमर्थन हासिल गर्ने विश्वास लिएको छ।’
उनले भने, ‘मेरा १५ दिन पार्टीलाई’ भन्ने संकल्पसहित आफ्नो टोल र घरमा पार्टीको झण्डा फहराउँदै सक्रिय परिचालनमा जुटून् र पार्टीको उम्मेदवारलाई विजयी बनाउन आफ्नो योगदान दिनुहोस्।’


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ