कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

Thursday April 25, 2024

पढ्न लाग्ने समय :


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री कँडेलले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन् ।

विश्वासको मत लिनु मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । त्यस्तै कर्णालीमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।


भर्खर

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । लमही नगरपालिका–७ वनघुस्रीस्थित

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय