कञ्चनपुरमा बहुविवाह मुद्दाका दाषी पक्राउ
पढ्न लाग्ने समय :
धनगढी : कञ्चनपुरमा बहुविवाह मुद्दाका दोषी पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणी बस्ने ३० वर्षीया दिलु वादी र साही ठाउँकी २७ वर्षीया अन्नु सुनार पक्राउ परेकी हुन।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर र इलाका प्रहरी कार्यालय, झलारीको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०८० माघ २४ गते उनीहरुलाई एक वर्ष २ महिना कैद सजाय सुनाएको थियो। उनीहरू फरारको सूचीमा रहकी थिइन्।