एसीसी प्रिमियर कपमा नेपाल र साउदीको खेल वर्षाका कारण ढिलाइ

Wednesday April 17, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेलमा ढिलाइ भएको छ । नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनुपर्ने खेलमा अझैसम्म टस हुन सकेको छैन ।

ओमानमा गएराती पानी परेको थियो । अहिले वर्षा रोकिएको भए पनि मैदान चिसो भएका कारण खेल्न अनुकूल नभएको म्याच अफिसियलले ठहर गरेका छन् ।

प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह चरणका तीन खेलमा तीनवटै खेल जितेको नेपालले ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको कतारको ४ अंक छ । कतारले समूह चरणका सबै खेल खेलिसकेको छ ।

खेल्न बाँकी भएका नेपालबाहेक साउदी अरेबिया, मलेसिया र हङकङ तीनवटै टिमको २ अंक छ र उनीहरुले खेल्न बाँकी खेल जितेमा ४ अंक मात्र हुने भएकोले ६ अंक जोडेको नेपाल सेमिफाइनल पुगिसकेको हो ।


भर्खर

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

बाजुराः बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पुर्‍याइएको छ।

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर