एसियन फर्मा स्युटिकल्स र नेशनल हेल्थ केयरद्वारा उत्पादित यी दुई औषधीको बिक्री-वितरणमा रोक

Saturday May 11, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । औषधि व्यवस्था विभागले दुईवटा औषधिको बिक्री-वितरणमा रोक लगाएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले दुई नेपाली कम्पनीले उत्पादन गरेको औषधि बजारबाट फिर्ता ल्याउन र बिक्री-वितरणमा रोक लगाएको जनाएका छन् ।

विभागले एक सुचना जारी गर्दै एसियन फर्मा स्युटिकल्स प्रालिद्वारा उत्पादित इन्सिेफ ड्राई सिरफ र नेशनल हेल्थ केयर प्रालीद्वारा उत्पादित ३० एमएलको सिरफ प्रोडक्सिम भि सी ५० नामक औषधिमा न्यून गुणस्तर पाइएको जनाएको छ ।
विभागले उक्त औषधीहरु औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभाग समक्ष पेश गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको छ ।


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न