इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते

Sunday February 4, 2024

पढ्न लाग्ने समय :


वासिंगटन डिसी। इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन्। इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । र, यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ।

सरकारी प्रवक्ताले नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना घाइते भएको बताए। गत आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार राती देखी सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको थियो।

ह्वाइट हाउसले तीन अमेरिकी सैनिकको हत्यामा इरान समर्थित मिलिशिया छाता समूहलाई दोष लगाएको थियो। इराकले भन्यो – अमेरिकाको जवाफी हमलाले यस क्षेत्रको लागि विनाशकारी नतिजा ल्याउनेछ।

अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेका इरान समर्थित मिलिशिया समूहमाथि हवाई आक्रमण गरेको बताएको छ। ‘हाम्रो जवाफी हमला सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्।

इरानले भने अमेरिकी आधारमा भएको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ र आरोपहरूलाई निराधार भनेको छ। र, प्रतिरोधी समूहहरूको निर्णयमा संलग्न नभएको जनाउँदै आएको छ।


भर्खर

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।