इजाजतपत्र बिना सञ्चालित अस्पतालको महानगरद्वारा अनुगमन

Friday April 19, 2024

पढ्न लाग्ने समय :


विराटनगर । विराटनगर महानगरपालिका-३ दूधफारम स्थित पूर्व विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टरले इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको टोलीले आज अनुगमन गर्दा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको छ ।

व्यवसाय दर्ता र इजाजतपत्र सम्बन्धित निकायबाट लिन प्रक्रिया सुरु गरे पनि प्राप्त नभईकनै सञ्चालन गरेको देखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख दिलीप यादवले जानकारी दिए । अस्पतालमा बिरामी नभए पनि औषधि पसलसहित अन्य केही सेवा सञ्चालनमा रहेको पाइएको उनले बताए । अनुगमन टोलीले इजाजतपत्र प्राप्त नभएसम्म कुनै पनि स्वास्थ्य उपचार नगर्न निर्देशन दिएको छ ।

यादवले सही तरिकाले काम गर्नेलाई महानगरले सधैँ सहयोग गर्न तयार रहेको स्पष्ट पारे । अनुगमनमा महानगरका स्वास्थ्य अधिकृत रमेश कार्की, मीना अधिकारी, भूपेन्द्र साह, राजेन्द्र कुइँकेल, नगर प्रहरी प्रमुख राजन पौडेल, स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखर यादव, जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि कृष्ण पोखरेल, अनुगमन समितिका सदस्य डा विशम्बर यादवलगायतको सहभागिता रहेको थियो ।

महानगरले बिना दर्ता सञ्चालनमा रहेका अन्य व्यवसायको पनि अनुगमनलाई तीव्रता दिएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ