आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र

Friday April 19, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना तिर्न पत्र पठाएको छ ।

महानगर स्रोतका अनुसार शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको हो ।

जसमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ ।

२७ चैतमा राप्रपाको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिका स्रोतले जनायो ।

पत्रमा महानगरपालिकाले एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भन्दै खाता नम्बर समेत उल्लेख गरेको छ ।


भर्खर

खडेरीले बारामा दक्षिणी भागमा रोपाइँ भएन

बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६०

स्वदेश फर्किए अमेरिका पुगेका शताब्दीऔँ पुराना मूर्ति

अमेरिका । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन