आकस्मिकरुपमा फौलिएको झाडापखाला नियन्त्रण

Sunday May 12, 2024

पढ्न लाग्ने समय :


खजुरा (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा आकस्मिकरुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ। जिल्लास्थित स्वास्थ्य कार्यालयका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको जनाइएको छ।

‘एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका थिए। तीमध्ये आठ जनाको अवस्था गम्भीर थियो। स्वास्थ्यकर्मीको टोली गाउँमा गएर उपचारमा संलग्न भएसँगै झाडापखाला नियन्त्रणमा आएको छ’, स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भने।

राप्तीसोनारी अस्पतालका चिकित्सक डा राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार गरेको थियो। तीन जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर थप उपचार गरिएको राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए।

खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट प्रमुख अमरसिंह महतारा र पालिकाको स्वास्थ्य शाखा प्रमुख केसीलगायत टोली टोलीले तत्काल गाउँमा पुगेर उपचार सुरु गरेको थियो।

‘एक जना स्थानीयको घरमा आयोजित भोजमा खानेपानीको समस्या भएको पाएका छौँ। सो भोजमा सहभागीहरुमा पखाला फैलिएको हो’, स्वास्थ्य शाखा प्रमुख केसीले भने। पानी शुद्धीकरण गर्ने औषधि र पखालाका अन्य औषधिसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिट्टै नियन्त्रणमा आएको उनको भनाइ छ।


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न