६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयको राजश्व संकलन ७५ प्रतिशत

Thursday January 16, 2025

पढ्न लाग्ने समय :


चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयहरुले ७५ प्रतिशत राजश्व संकलन गरेका छन् ।सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज,विराटनगर,मेची र तातोपानी भन्सार कार्यालयहरुले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजश्व संकलन गरेका हुन् । चार भन्सार कार्यालयहरुले लक्ष्यअनुसार नै राजश्व संकलन गरेको बताएका छन् । समग्रमा सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन गरेको छ । जसमा भारततर्फका वीरगञ्ज,विराटनगर,मेची भन्सार र चीन तर्फको तातोपानी भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेका छन् । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन गत वर्षको तुलनामा ६३ अर्ब अर्थात १३  प्रतिशत वृद्धि गरेको छ ।

सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो । सरकारको लक्ष्यअनुसार चार भन्सार कार्यालयहरुले ६ महिनाको अवधिमा ७५ प्रतिशत राजश्व संकलन गरेको दाबी गरेका छन् । केही दिनअघि प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा सहभागि चार भन्सार प्रमुखले यस्तो दाबी गरेका हुन् । भन्सार प्रमुखहरुले गत वर्षको तुलनामा भन्सारमा राजश्व वृद्धि भएको बताए । वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेले चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशतमा राजश्व संकलन भएको भन्दै पर्सामा ९० प्रतिशत पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास र पुरानो भन्सार कार्यालयबाट यात्रुशाखा व्यवस्थान गरी भन्सारमा सहज वातावरण बनाएको उल्लेख गर्नुभयो ।

उहाँले विदाको दिन करिव ५ हजार अन्य दिनमा २५ सय सवारीसाधन बिल काटेर नेपाल प्रवेश गर्ने गरेको बताउनु भयो । उहाँले भन्सार कार्यालयले यात्री शाखालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनु भयो । उहाँले स्थानीयहरुको मागअनुसार बिहान ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गरेको बताउनु भयो । उहाँले औद्योगिक कच्चा पदार्थ,सवारी साधन,कच्चा तेल खाद्यन्न लगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेड जोनबाट सामानहरु पास गरेको बताउनु भयो । उहाँले व्यापार सहजिकरण, जोखिम व्यवस्थापन गर्नेगरी छिटो, छरितो र व्यवस्थित गरेकाले राजश्व संकलनमा वृद्धि भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेको छ । पुस महिनामा ९० प्रतिशत पुग्छौं । चालु आ.व.को ६ महिनामा ७५ प्रतिशतमा छौं । भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास हुन्छ । यात्री शाखा व्यवस्थापन पुरानो भन्सार कार्यालयबाट भइरहेको छ । विदाको दिन करिव ५ हजार सवारी साधन दर्ता भएर बिल काटेर नेपाल प्रवेश गरेको छ । अरु दिन २५ सय सवारी साधन विल काटेर प्रवेश गर्छन । यात्री शाखालाई व्यवस्थित र पारदर्शी बनाउने गरेका छौं । स्थानीयहरुको मागअनुसार विहान ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गरेका छौं । औद्योगिक कच्चा पदार्थ,सवारी साधन,कच्चा तेल खाद्यन्न लगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेर्ड जोनबाट सामानहरु पास गछौं । बाँकी एलो र ग्रिनबाट जान्छ । व्यापार सहजिकरण,व्यवसायीहरुको समय व्यवस्थापन र जोखिम व्यवस्थापन गर्ने गरी छिटो छरितो र व्यवस्थित गरेका छौं ।’

विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले विराटनगर भन्सार कार्यालयले राजश्वमा ८ प्रतिशत योगदान गर्ने गरेको बताउनु भयो । उहाँले वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मंसिरसम्म ७५ प्रतिशत राजश्व संकलन भएको बताउनु भयो । उहाँले पुससम्म सतप्रतिशतको अवस्था रहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा भन्सारमा राजश्व संकलन सुधार हुने संकेत देखिएको बताउनु भयो । उहाँले यस वर्ष राजश्वको लक्ष्य पूरा गर्ने अपेक्षा रहेको पनि बताउनु भयो । उहाँले वैदेशिक व्यापारमा गत वर्षको तुलनामा २ प्रतिशत कमी रहे पनि निर्यातमा तेलको निकासीले ६ प्रतिशतले वृद्धि भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ विराटनगर भन्सार कार्यालयको राजश्वमा ८ प्रतिशत योगदान रहेको छ । वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मंसिरसम्म ७५ प्रतिशत राजश्व संकलन भएको छ । पुससम्म सतप्रतिशतको अवस्था छ । आगामी दिनमा भन्सारमा राजश्व संकलन सुधार हुने देखिएको छ । यो वर्ष राजश्वको लक्ष्य पूरा गर्ने अपेक्षा छ । विराटनगर भन्सार कार्यालय सविधाको हिसावले सुविधा सम्पन्न कार्यालयभित्र पर्छ । आइसीपी पनि व्यवस्थित छ भने रेल सेवा समेत उपलब्ध छ । कार्गो रेल उद्घाटन भएपनि निरन्तर रुपमा सञ्चालन गर्न सकिएको छैन । वैदेशिक व्यापारको सन्दर्भमा हेर्दा गत वर्षको तुलनामा २ प्रतिशत कमजोर छौं । निर्यातमा ६ प्रतिशतले माथि छौं । जुन तेलको निकासी बढेको छ ।’

मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले चालु आर्थिक वर्षको ६ महिनामा मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलन गरेको बताउनु भयो । उहाँले मेची भन्सारमा २०८०÷०८१ मा १४ अर्ब २३ करोडको राजश्व संकलन गरेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड संकलन गर्ने लक्ष्य राखेकोमा मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलन गरेको बताउनु भयो । उहाँले मंसिरमा मात्रै मेची भन्सार कार्यालयको राजश्व संकलन १०६ प्रतिशत भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ मेची भन्सारमा २०८०÷०८१ मा १४ अर्ब २३ करोडको राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड संकलन गर्ने लक्ष्य छ । मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलनको अवस्थामा छौं । मंसिरमा मात्रै मेची भन्सार कार्यालयको राजश्व संकलन १०६ प्रतिशत भएको छ । भन्सारमा केही समस्याहरु छन् । खुला सीमा छ ।’

चीन तर्फको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कमलकुमार भट्टराईले तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजश्व संकलन हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले अघिल्लो वर्ष १३ अर्ब संकलन भएकोमा चालु आर्थिक वर्षको मंसिरसम्म ८६ प्रतिशत राजश्व संकलन भएको बताउनु भयो । उहाँले अघिल्लो वर्षको तुलनामा तातोपानी भन्सार कार्यालयले ८१ प्रतिशत राजश्व संकलनमा वृद्धि गरेको पनि बताउनु भयो । उहाँले कोभिड र भूकम्पको कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदा भन्सारमा राजश्व सकलन कम भएपनि अहिले बिस्तारै वृद्धि हुँदा राजश्व संकलनमा वृद्धि भएको दाबी गर्नुभयो । उहाँले विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी हुन थालेकाले चीनसँगको व्यापार बढ्दो अवस्थामा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजश्व संकलन हुने अपेक्षा गरेका थियौँ । अघिल्लो वर्ष १३ अर्ब संकलन भएको थियो । मंसिरसम्म ८६ प्रतिशत राजश्व संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशत वृद्धि हो । कोभिड र भूकम्पको कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदै थियो । अहिले बिस्तारै ल्याण्ड भन्सारबाट हुन थालेको छ । विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी भएको हुनाले चीनसँगको व्यापार बढ्दो अवस्थामा छ । भारतको भन्दा चीनतर्फको भन्सारमा यात्रु व्यवस्थापन सजिलो छ । भिसा नलिई चीन जान÷आउन नपाउने हुँदा समस्या छैन ।’

चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको छ । तर चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखे पनि पूरा भएको छैन । सरकारको लक्ष्य पूरा हुनको लागि अबको ६ महिनामा ८ खर्बको राजश्व संकलन गर्नुपर्ने आवश्यकता छ । —न्युज एजेन्सी नेपाल
नोटः यो समाचार हामीले केही दिनअघि प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा भन्सार विधेयकबारे समितिले भन्सार प्रमुखसँग गरेको छलफलका आधारमा तयार पारेका हौँ । अहिले पनि भन्सार विधेयकमाथि समितिमा छलफल जारी रहेकाले समय सान्दर्भिक हुँदा समाचार बनाइ पठाएका छौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ । साथै फुटेज आइसकेको छ । बाइट सर्भरमा उपलब्ध हुनेछ । 


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी