५० करोडका योजना सांसदलाई नदिए बजेट फेल गराउने कांग्रेस सांसद्को चेतावनी

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई कम्तिमा ५० करोडसम्मका योजना दिन माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले १६५ निर्वाचन क्षेत्रमा सांसद्को सिफारिसमा ५० करोडसम्मका योजना नदिए बजेट पास नगराउने चेतावनी दिए ।

“प्रधानमन्त्रीज्यूको गत वर्षको घोषणाअनुसार यस वर्ष बजेटकै निर्माणमा सांसदहरूको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पास गर्न सहयोगी किमार्थ पनि बन्न सक्दैनौँ,” उनले भने, “विपक्षीको पनि बजेट पास गर्ने क्रममा के भूमिका हुन्छ भन्ने कुराको नजिर संसद्मा स्थापित भइसकेको कुरा म स्मरण गराउन चाहन्छु । स्वयंम प्रधानमन्त्रीको पार्टीले हामीलाई यो कुरा सिकाइसकेको पनि छ ।”

सांसद घिमिरेले पाँच/दश करोडका योजना आफूहरूले माग नगरेको पनि बताए । “हामीलाई पाँच करोड, १० करोडको चाहिएको हैन । हामीलाई १६५ निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोडका योजना दिइयोस् । कार्यान्वयन सरकारले गर्ने हो,” उनले भने, “यदि संसद्को बजेट निर्माणमा सहभागिता शून्य बनाइयो भने बजेट पास हुँदैन भन्ने कुरा हामी विपक्षी सांसदले मात्र हैन । सत्ता पक्षकै सांसदले भनेको कुरा म सम्माननीय प्रधानमन्त्री र माननीय अर्थमन्त्रीको ध्यानाकर्षण गर्न चाहान्छु ।”


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको