४५ हजारले गरे दशौँ नेपाल विल्डकन इन्टरनेशनल प्रदर्शनीको अवलोकन

Sunday February 23, 2025

पढ्न लाग्ने समय :


दशौँ नेपाल विल्डकन इन्टरनेश्नल प्रदर्शनीमा ४५ हजारले अवलोकन गरेका छन् ।  भृकुटीमण्डामा जारी प्रदर्शनीको अन्तिम दिन आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोजकले यस्तो जानकारी दिएको हो । मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जजल भट्टराईले प्रदर्शनीमा आर्किटेक, ठेकेदार, ईन्जिनियर, लगायतको उपस्थिति रहेको बताउनु भयो । घर निर्माण वा पुनर्निमाण गराइ रहनुभएका आमसर्वसाधारणको पनि प्रदर्शनीमा सोचेभन्दा राम्रो सहभागिता रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले जुन आँगलन गरेका थियौँ, त्यो हिसावले ३ बजेतिरको डेटा हेर्दा ४० हजार क्रस भइसकेको छ । हामीले अनुमान गरेको हिसाबले मान्छेहरु आइदिनुभयो । अवलोकनकर्ताको डिटेल हेर्दाखेरी ईन्जिनियर, आर्किटेक,इन्टरियर डिजाइनरस्, कन्याक्टर, विल्डर्सहरुको लगभग ४० देखि ४५ प्रतिशत उहाँहरुको आउनुभएको छ ।  त्यस्तै गरी, प्रोजेक्टहरु ह्याण्डओभर गरिरहुनभएका मान्छेहरुको पनि राम्रो  सहभागिता रहेको छ । बाँकी लगभग ३० देखि ३५ प्रतिशत चाहिँ आमजनाता जस्ले घर बनाइ रहनुभएको छ या रिनोभेट गराइ रहनु भएको छ, घरका लागि केही सोलुसन हेरी रहनुभएको छ उहाँहरु आइ दिनुभएको छ ।’

बेला नेपाल इन्डस्ट्रिजका सेल्स म्यानेजर प्रद्युम्न प्रधानले प्रदर्शनीमा सोचेभन्दा राम्रो अवसर पाएको बताउनु भयो । प्रदर्शनीमार्फत विदेशीहरुले समेत सामानको माग गरेको उहाँको भनाइ छ ।लिंक लक प्रा.लि. भारतका एक्स्पोर्ट इन्चार्ज अमित भट्टाचार्यले प्रदर्शनीमा आफ्नो अनुभव राम्रो रहेको बताउनु भयो । उहाँले आफ्नो कम्पनीको ब्राण्डको प्रचार आम सर्वसाधारणमा राम्रो भएको बताउनु भयो ।
प्रदर्शनीमा पहलिो पटक सहभागित जनाएका ¥याम्को इण्डस्ट्रिज लिमिटेड भारतका शंकर रोय चौधरीले प्रदर्शनी विशेष लागेको बताउनु भयो । आमसर्वसाधारणले आफ्ना उत्पादनप्रति चासोपूर्वक बुझ्न खोजेको उहाँको भनाइ छ ।

एएसएपी डिजानइन्सका सेल्स म्यानेजर सरोज अधिकारीले प्रदर्शनीमा नयाँ उत्पादनबारे जानकारी पाइएको बताउनु भयो । आफ्नो ब्राण्डको प्रमोसनका लागि प्रदर्शनीमा सहभागी भएको उहाँको भनाइ छ ।
आयोजकले प्रदर्शनीमा ९९  प्रतिशत उत्पादन विदेशी भएको भन्दै नेपाली उत्पादन पछि परेको गुनासो गरेका छन् । यस्ता प्रदर्शनीमा नेपाली उत्पादनहरुको थप प्रचार–प्रसार गर्नेगरी सरकारले विशेष पहल गर्नुपर्नेमा आयोजकले जोड दिएका छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको