२०८१ भित्रै देशैभर फोरजी सेवा पु¥याउँदैछौँः मन्त्री गुरुङ

Friday December 6, 2024

पढ्न लाग्ने समय :


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८१ भित्रै नेपालभर फोरजी सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनुभएको छ । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन काम गरिरहेको बताउनुभएको हो । उहाँले नेपालको सबै घरमा अब फोरजी चालु हुनुपर्ने भन्दै त्यसका लागि सरकारले व्यवस्थापन गरिरहेको बताउनु भयो । उहाँले कतै नेटवर्क टिप्ने र कतै नटिप्ने गुणस्तरहिन नेटवर्क रहेको भन्दै सबैतिर फोरजी नेटवर्क टिप्ने बनाउन लागिपरेको बताउनु भयो । सकेसम्म यही वर्षभित्र फोरजी सबैतिर चल्ने वातावरण बनाउने उहाँको भनाइ छ । सबैको घरमा रेडियो बजोस्, सबैको घरमा टेलिभिजन हेर्न पाइयोस् र सबैको घरमा नेटवर्क टिपोस् भन्नेकुरा नै आजको आधुनिक जमानाको जनताको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आइटी इन्फास्ट्रक्चर नभइकन आइटी हब स्थापना गर्न सकिँदैन । आइटी इन्भेष्टको विकास पनि हुँदैन । पहिलो कुरा त इन्फास्ट्रक्चर बन्नुप¥यो । त्यसको लागि नेपालको सबै घरमा अब फोरजी एक्टिभ हुनुप¥यो । सबै घरमा । अहिले कहीँ टिप्छ, कहीँ टिप्दैन । कहीँ बोल्दा बोल्दै काटिन्छ, कहीँ के हुन्छ ? यस्तो किसिमको अनिस्टेबल, क्वालिटी बिहीन परिस्थिति छ, यसलाई अन्त्य गर्छु भनेर लागेको छु म । यो वर्ष सकिन्छ की सकिँदैन हेरौँ । फोरजी कभरेज नेपालभर, नेपालको हरेक घरमा पुगोस् । हरेक घरमा नेपालको रेडियो बजोस्, हरेक घरमा नेपालको टेलिभिजन हेर्न पाइयोस् । हरेक घरमा बिजुली पुगोस् । हरेक घरमा नेट आओस् । त्यो आजको आधुनिक जमानाको जनताको आवश्यकता हो ।’

मन्त्री गुरुङले देश विकास गर्न योग्य व्यक्तिलाई नागरिकले चुन्नुपर्ने बताउनु भयो । सक्षम व्यक्तिले देशको नेतृत्व नलिएसम्म विकास हुन नसक्ने बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको