१५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री शिनावात्रा जेल चलान

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


१५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा जेल चलान भएका छन् ।

मङ्गलबार बिहान स्थानीय समय अनुसार ९ बजे निजी जेटबाट सिङ्गापुरबाट बैंककको डोन मुयाङ विमानस्थलमा अवतरण गरेका शिनावात्रालाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो ।

अदालतमा पेश गरेपछि उनलाई जेल चलान गरिएको थाई मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई आठ बर्षको लागि जेल चलान गरिएको बताइएको छ ।

थाक्सिन २००१ मा सत्तामा आएका थिए भने पाँच वर्षपछि २००६ मा पुन: विजयी भएका शिनावात्रा सेप्टेम्बर २००६ मा न्यूयोर्कमा संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने तयारी गर्दै गर्दा थाइल्याण्डमा सेनाले सत्ता कब्जा गरेको थियो ।

त्यसपछि उनलाई शक्तिको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । त्यसयता उनले आफूलाई राजनीतिबाट टाढा राखेका थिए । त्यसपछि दुबईमा बस्न थालेका शिनावात्रा करिब १५ वर्षपछि फर्किएका हुन् ।

सन् २००६ मा राजनीतिमा कूपछि थाइल्याण्डको राजनीतिमा उथलपुथल भएको छ । थाक्सिनका समर्थक र उनका प्रतिद्वन्द्वीका समर्थक सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । थाक्सिन १५ वर्षपछि थाइल्यान्ड फर्किएपछि उनका समर्थकले खुसीसाथ स्वागत गरेका थिए ।

मेमा भएको निर्वाचनमा थाक्सिनको पार्टी फु थाई दोस्रो स्थानमा आएको थियो । प्रोग्रेसिभ मुभ फर्वार्ड पार्टीको जित भए पनि सेनाले नियुक्त गरेका सिनेटरहरूले माथिल्लो सदनमा सरकारलाई समर्थन गर्न अस्वीकार गरेका कारण सरकार बनाउन सकेको छैन ।

अब फेरि नयाँ प्रधानमन्त्रीको चयनका लागि मतदान हुदै छ । जसमा व्यवसायी श्रीथा थाविसिन प्रधानमन्त्री बन्न सक्ने बताइएको छ । श्रीथालाई तल्लो सदनमा ३१४ विधायकको समर्थन छ, तर सरकार बनाउन थप ५८ मत चाहिन्छ, जसका लागि दुवै सदनको समर्थन आवश्यक छ ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान