होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु

Saturday April 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा मध्यरातमा होटेलमा आगलागी हुँँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको विवेक रेस्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आगलागीमा परेर होटेलमै सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मिनबहादुर बोहराको मृत्यु भएको बताए । उनकाअनुसार राति पौने १ बजेतिर उनी सुतिरहेको कोठामा आगलागी भएपछि जलेर उनको मृत्यु भएको बताए ।

आगो प्रहरीले घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीकाअनुसार बोहराले लामखुट्टे भगाउन बालेको अण्डाको क्रेटबाट आगलागी भएको हुनसक्ने देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा