हुलाकी राजमार्गमा पुल विस्तार गरिने

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुल विस्तार गरिने भएको छ ।

तीन/चार दशक पहिले बनेका र अहिले साँघुरा भएका पुल विस्तार गर्ने योजना बनाइएको हो । पहिलेको एक लेन पुल रहेकामा अहिले दुई लेन बनाउनु आवश्यक रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजनाअन्तर्गत २५/३० देखि कतिपय ठाउँमा ४० वर्ष पुराना पुल रहेकाले ती ठाउँमा नयाँ पुल बनाउनुपर्ने आयोजना प्रमुख चुडाराज ढकालले बताए । उनले भने, “त्यतिबेला थोरै गाडी चल्दाका पुल अहिले पर्याप्त छैन ।”

पुलहरुलाई नौ मिटर चौडाइमा विस्तार गरिने उनले बताए । सात मिटर गाडी गुड्ने र त्यससँगै दुई मिटर गरी नौ मिटर चौडाइका पुल निर्माण गर्न लागिएको हो ।

सडकको विस्तार भएकाले सडक जत्तिकै चौडाइमा पुल बनाउनुपर्ने उनको भनाइ छ ।  पुल साँघुरा हुँदा समस्या भएकाले अहिले नयाँ बनाउनु आवश्यक रहेको प्रमुख ढकालले बताए ।

पुराना सडक रहेको स्थानमा पुल बनाउनुपर्ने बढी आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “नेपालगञ्ज-गुलरिया खण्डमा पाँच जति पुलमा यो अवस्था रहेको छ ।”

आयोजनाअन्तर्गत केही सङ्ख्यामा रुग्ण पुलको ठेक्का पनि छ । आयोजनाले काम नै नगर्ने पुलको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत अघि बढाउँदै आएको छ ।

हुलाकी राजमार्ग आयोजनाले आव २०६५/६६ मा निर्माण सुरु गरेर आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पुर्‍याइएको थियो ।

अहिले पुनःआव २०८३/८४ मा सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ। राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामकरण गरिएको थियो ।

उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल नेपाल सरकारले बनाउने सम्झौता भएको थियो ।

आयोजनाको डिजाइनमा जम्मा दुई सय ५० पुल रहेकामा हालसम्म एक सय ३२ पुलको निर्माण सम्पन्न भएको छ ।गत आवमा जम्मा ११ पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।


भर्खर

बाजुरामा छतबाट खसेर वृद्धाको मृत्यु

बाजुराः बाजुराको बडीमालिका नगरपालिकामा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका

बझाङको अधिकांश ग्रामीण बस्तीमा अँध्यारो

बझाङः सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु