स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन्ः अध्यक्ष दाहाल

Monday November 18, 2024

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविष्मरणीय योगदान गर्नुभएको बताउनुभएको छ । सोमवार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झि रहने बताउनु भयो । दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भुमिका अविष्मरणीय रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झि राख्नेछन् ।  उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा शोकाकुल परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गर्दछु । उहाँ र पद्यरत्न तुलाधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भुमिका अविष्मरणीय ठान्छु । शान्ति सम्झौताको तयारीको क्रममा उहाँसँग विशेष सम्बन्ध भयो । नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा उहाँको योगदानलाई लिनेछन् ।’
अध्यक्ष दाहालले नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा ढुंगानालाई सधैँ स्मरण गर्ने बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको