स्पेन पहिलो पटक महिला विश्वकपको फाइनलमा

Tuesday August 15, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । स्पेन जारी महिला फुटबल विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

स्पेनको जितमा सलमा सेलेस्ते आयिन्गोनो र ओल्गा कारमोनाले एक एक गोल गरेका थिए । त्यस्तै स्विडेनका लागि एक गोल रेबेका ब्लोमभिस्टले गरेकी थिइन् ।

योसँगै स्पने पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ । अब फाइनलमा स्पेनले अस्ट्रेलिया र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

दोस्रो सेमिफाइनल खेल बुधबार अस्ट्रेलिया र इङल्याण्डबीच हुने छ ।

त्यसैगरी स्विडेन भने अब तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित देशसँग खेल्ने छ ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको