‘स्पष्ट कानूनी व्यवस्था नहुँदा पूर्वाधार विकास र मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न गाह्रो भयो’

Monday January 20, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रको विकास र मावन–वन्यजन्तुबीचको द्वन्द्व अन्त्यका लागि समयानुकुल कानून आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।  सोमवार राष्ट्रिय सभाअन्तगर्तको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतहरूले यस्तो बताएका हुन् । राष्ट्रिय निकुञ्जहरुमा स्रोतको व्यवस्था नहुँदा पूर्वाधार र मध्यवर्ती क्षेत्रका समस्या समाधानका लागि समस्या भइरहेको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले निकुञ्जहरु विकासको वाधक भएको आम बुझाई भएपनि वास्तविकता त्यस्तो नभएको बताउनु भयो । उहाँले विकास निर्माणका साना आयोजनाहरुमा आफूहरुले सहजिकरण गरेको र ठूला आयोजनाको सम्बन्धमा विद्यमान कानूनअनुसार चल्नुपर्ने वाध्यता रहेको बताउनु भयो । उहाँले श्रोत अभावका कारण मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने क्रममा निकुञ्जहरुको पारिस्थितिय प्रणालीमा समेत समस्या भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निकुञ्जहरु विकासको वाधक भयो, विकासमा निकुञ्जहरुले अवरोध सिर्जना ग—यो भन्ने आम बुझाई छ । हामीले सडक निर्माणका क्रममा सामुदायिक वनभित्र पर्ने रुखहरु त्यही अनुसार काट्नको लागि सहजिकरण गरेकै छौं । कतिपय अवस्थामा ठुलो आयोजनामा धेरै रुखहरु हटाउनुपर्ने अवस्थामा चाहीँ कानूनी अवस्था अनुसार जानुपर्छ । तर निकुञ्जले नै अवरोध ग¥यो भन्ने कुराले समस्या भइरहेको छ । अर्को मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने क्रममा निकुञ्जहरुको पारिस्थितिय प्रणालीको हिसावले पनि समस्या भइरहेको छ । त्यहाँबाट उठ्ने राजश्वमात्र त्यसको श्रोत होइन भन्ने कुरा बुझाउन एकदमै जरुरी छ । निकुञ्जले पर्यटन, व्यवसायदेखि लिएर सबै क्षेत्रमा दिएको योगदानलाई वृहत रुपमा हेरिनुपर्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक रामले वन ऐनमा स्पष्ट व्यवस्था नभएको कारण निकुञ्ज संचलानमा समस्या भइरहेको बताउनु भयो । उहाँले वन ऐनलाई समयानुकल बनाई निकुञ्जहरुलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले वन व्यवस्थापनबाट उठेको स्रोत पालिकाले समेत माग्न थालेका कारण पालिकासँग सहकार्य गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले वन ऐन नै बनाउन सकेनौं । अहिले पनि हाम्रो वन ऐन क्लियर छैन । वन ऐन हामीले प्रयोग गर्न पाउनुपर्छ भने पनि छैन । किनभने वन ऐनमा वन्यजन्तु संरक्षण सम्बन्धी अपराधको अनुसन्धान र कारबाही निकुञ्ज निकुञ्ज ऐनअनुसार हुनेछ भनिएको छ । हाम्रो ऐन पनि वनसँग सम्बन्धितमा पनि हामीले रोयल्टी के आधारमा लिने त ? हाम्रो नीतिमा केही पनि छैन । समस्या नपर्दा त चलिरहेको छ । समस्या पर्दा तपाईलाई अधिकार खै भन्छन् । त्यसकारण वन ऐनलाई पनि समयानुकुल बनाउनुपर्छ । र वन व्यवस्थापनबाट आएको पैसा पालिकालाई समेत दिनुपर्छ । यो कुुरा पालिकास्तरमा पनि उठ्न थालेको छ ।’

राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रले प्रकृतिको संरक्षण, वन्यजन्तुको संरक्षण, पारिस्थितिक प्रणालीको सुरक्षा, पर्यटन प्रवद्र्धन, रोजगारीको सिर्जनामा महत्वपूर्ण योगदान गरिरहेको बलियो बनाउनुपर्नेमा उहाँको जोड छ । पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले प्रत्येक स्थानीय तहहरुमा द्रुत राहत कोष र उद्धार केन्द्र स्थापना गर्नुपर्ने बताउनु भयो । उहाँले निकुञ्जमा आउने समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय गर्न समस्या भइरहेको बताउनु भयो । उहाँले निकुञ्ज सञ्चालनको मोडालिटी पालिकास्तरीय बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हरेक पालिकामा दु्रत राहत कोषको व्यवस्था गर्ने र दु्रत उद्धार केन्द्रहरु प्रत्येक पालिकामा राख्नुपर्छ । पालिकाहरुसँग समन्वय गरेर हामीले त्यसो ग¥यौं भने केन्द्रिय सरकार र निकुञ्जले गरिदिनुपर्छ भनेर झगडा गर्ने स्थितिको अन्त्य हुन्थ्यो । त्यसकारण यसको संचालनको मोडालिटी पालिकास्तरीय बनाउनुपर्छ । संरक्षण शिक्षा लगायतका क्षेत्रमा पनि जनचेतना फैलाउन आवश्यक छ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले निकुञ्जहरुले वन्यजन्तु संरक्षणको मात्र अपेक्षा नगरेको कारण आवश्यक बजेटको प्रवन्ध गर्न माग गर्नुभयो । उहाँले निकुञ्जले वन्यजन्तुको संरक्षण मात्र नभई प्राकृतिक स्रोतको उपयो गर्दै पर्यटन प्रवद्र्धन समेत टेवा पु¥याएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले निकुञ्जबाट वन्यजन्तुको संरक्षण गर्ने भन्ने मात्रै अपेक्षा गरेका हुदैनौं । हामीले पर्यटनलाई पनि प्रयाप्त मात्रामा बढावा दिने प्राकृतिक स्रोतको उपयोग पनि गर्ने हुन्छ । त्यो हिसावले कुनैपनि निकुञ्जलाई डिक्लियर गरिसकेपछि संरचना खडा गर्नको लागिपनि हामीले डेडिकेटेड बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ । डेडिकेटेड बजेटको व्यवस्था गरेर निकुञ्जलाई छोटो समयमा असाध्यै प्रोडक्टिव निकुञ्जको रुपमा विकास गर्न सकिन्थ्यो । तर सकेका छैनौं । हामीले हिले पनि संघर्ष गरिरहेका छौं । अनि मध्यवर्ती क्षेत्रको कार्यान्वयन गरेको शुरुकै दिनदेखि यसमा क्रुटि भएको मलाई लागेको छ । मध्यवर्ती क्षेत्र भनेको निकुञ्जको मध्यवर्ती क्षेत्र हो नि । निकुञ्जले जति आम्दानी गर्छ त्यसको ५० प्रतिशत त्यहाँ जाने हो । सुन्दा यो एकदमै राम्रो लाग्छ । तर निकुञ्जको आम्दानी एकदमै थोरै छ । त्यहाँ के पैसा जाने हो र ?’

सगरमाथा राष्ट्रिय निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुस्मा रानाले सगरमाथा राष्ट्रिय निकुञ्जमा चोरी पैठारी न्युन हुने गरेको भएपनि निकुञ्जको संरक्षण र व्यवस्थापनका लागि अधिकार छुट्याउनुपर्ने बताउनु भयो । उहाँले सगरमाथा क्षेत्रमा शेर्पा तथा बौद्ध धर्मावलम्वी बस्ने भएकाले चोरी शिकारीका घट्ना हुने सम्भावना न्युन रहेको उल्लेख गर्नुभयो । बैठकमा सोमवार राष्ट्रिय निकुञ्जहरुको नीतिगत समस्याहरुको सम्बन्धमा निकुञ्ज प्रमखहरुसँग छलफल गरिएको हो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको