स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक

Thursday December 26, 2024

पढ्न लाग्ने समय :


गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ । हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भुगोलका कारणले पनि । कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन् । धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौँ । त्यसो भएको हुनाले यसलाई न्युनिकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ । हामी सबै मिलेर अघि बढ्यौँ भने पूर्वानुमान, सूचनाको कुरामा, तत्काल उद्धार गर्ने विषय होस्, पुनःनिर्माण, पुनःस्थापनाका लागि हामी सबै मिलेर अघि बढ्न जरुरी छ । हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरुरी छ । जनशक्तिका रुपले, आर्थिक रुपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरुरी छ । कानूनी रुपले संरचना निर्माण गरेका छौँ तर अब ति संरचनालाई सबै किसिमले बलियो बनाउन जरुरी छ । विपद् जोखिमलाई न्युनिकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तिनलाई बलियो र सक्षम बनाउन जरुरी छ ।’

गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्युनिकरण गर्न नसकिने बताउनु भयो । उहाँले समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्युनिकरणका लागि सहयोगी हुने बताउनु भयो ।


भर्खर

बाजुरामा छतबाट खसेर वृद्धाको मृत्यु

बाजुराः बाजुराको बडीमालिका नगरपालिकामा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका

बझाङको अधिकांश ग्रामीण बस्तीमा अँध्यारो

बझाङः सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु