स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरीः मेयर साह

Saturday February 22, 2025

पढ्न लाग्ने समय :


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभएको छ । शनिवार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गर्नुभयो । उहाँले महेत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवद्र्धन गर्ने बताउनु भयो । उहाँले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्व बुझाउनसके नेपालले धेरै प्रगति हाँसिल गर्ने बताउनु भयो । उहाँले नेपाली परिकारहरु धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरुले सिको गरेर खाने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो विशेषता नै यही हो । हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यि तीन वटै कुरालाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो । अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ की छैन ? प्रोटिन छ की छैन । यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ । हाम्रो स्थनीय परिकारहरुमा न्युट्रिसियन भ्याल्युहरु एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्नेकुरा हामीले प्रचार गरिरहेका हुँदैनौँ । हाम्रो स्थानीय उत्पादनहरुमा के कति पाइन्छ भन्नेकुरा बिस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढ्छ । हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ, अहिले विदेशीहरुले कुार बुझ्दै हाम्रो खाने कुराहरु अपनाउन थालेका छन् । यसलाई प्रवद्र्धन गर्दै जानुपर्छ ।’

स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट शुरु भएको हो ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान