सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण सम्भव छैनः उपाध्यक्ष शाक्य

Sunday March 9, 2025

पढ्न लाग्ने समय :


नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा एमाले अनेमसंघ केन्द्रिय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारेर आयोजना गरेको जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि सामन्ती अवशेषहरु अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरी रहेको बतउनु भयो । अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको बताउनु भयो । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘सोचमा रुपान्तरित नभएसम्म हामीले समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ समानतायुक्त नेपाल निर्माण गर्न सक्दैनौँ । अहिले पनि नेकपा एमालेले स्पष्ट भनेको छ । पितृसत्ता छ । सामन्ती अवशेषहरु बाँकी रहेका छन् । सामन्ती व्यवस्था अन्त्य गरे पनि सामन्ती अवशेष बाँकी छ । त्यो कहाँ छ भन्दा हाम्रो नेतृत्वको दिमागमा छ । सामन्ती अवशेष अन्त्य गर्न, हटाउन वैचारिक संघर्ष जरुरी छ । सामन्ती अवशेष सहजै हट्दैन । अहिले जलवायु परिवर्तनको कुरा गरिरहँदा अत्यन्तै जटिलतापूर्ण छ । जलवायु परिवर्तनको मुद्दा राजनीतिक मुद्दा बन्नुपर्छ । जलवायु परिवर्तनले नेपाल पीडित हो । अब यो विषयलाई सामान्य छलफल गरेर पुग्दैन । अझै गहिराईका साथ छलफल गर्नुपर्छ । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्छ ।’

उपाध्यक्ष शाक्यले आफूहरु संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको बताउनु भयो । आफूहरुको एजेण्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डा भएको दाबी गर्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको