सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

Saturday May 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ ।

शनिवार साँझ धनगढी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय मुकुन्द जोशीले चलाएर ल्याएको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले आगलागीबाट स्कारपियो जलेको बताए । उनकाअनुसार बिरामीका लागि गाडीमा जोडिएको अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको पाइएको छ ।

आगलागीबाट स्कारपियो पूर्ण रूपमा जलेर नष्ट भएको उनले बताए । घटनापछि वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

धनगढी उपमहानगरपालिकाको दमकलले सहयोगमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगले नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 


भर्खर

धनगढीका होटलमा अनैतिक गतिविधि गर्ने २४ जना प्रहरी नियन्त्रणमा

धनगढी:  कैलालीकाे धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४

विष्णु पौडेललाई गैरकानुनी थुनिएको भन्दै श्रीमती पुगिन् सर्वोच्च

काठमाडौं : आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल

रास्वपा महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय