सुशासनको नयाँ अभियान सुरु भएको छः गृहमन्त्री लामिछाने

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


भरतपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताएका छन् । आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताए ।

उनले भने, “विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ ।” उनले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको बताए । “अब मान्छे बचाउने होइन देश बचाउने हो । नेता बचाउने होइन जनता बचाउने हो”, उनले भने । गृहमन्त्री लामिछानेले गलत गतिविधि गर्नेहरु कानुनको दायरामा आउने भन्दै सना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गीन बनोस भनेर शुभकामाना दिए । उनले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणि रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाए । पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उनको भनाइ छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि