सुरक्षित खानेपानीको पहुँच शत प्रतिशत नागरिकमा पु¥याउन तीन तहबीच समन्वय आवश्यकः खानेपानी मन्त्री यादव

Monday February 10, 2025

पढ्न लाग्ने समय :


खानेपानीमन्त्री प्रदीप यादवले शत प्रतिशत सुरक्षित खानेपानीको पहुँच पु¥याउन तीन तहका सरकारबीच समन्वयको आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले शत प्रतिशत शुद्ध खानेपानी पु¥याउन संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य, प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य आवश्यक भएको बताउनु भयो । उहाँले सुरक्षित खानेपानीको पहुँच अझै ७३ प्रतिशत नागरिकमा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले स्वच्छ खानेपानी र सुरक्षित सरसफाई सुविधा प्रत्येक नागरिकको आधारभुत आवश्यकतासँगै दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार भएको बताउनु भयो ।

उहाँले सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरुबीच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गरी दीर्घकालिन प्रतिवद्धता सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ६१ प्रतिशत जनसंख्याले मात्रै सुरक्षित सरसफाई सुविधा पाएको बताउनु भयो । मन्त्री यादवले १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसंख्याले सुरक्षित सरसाफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको बताउनु भयो । उहाँले राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाई सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘स्वच्छ खानेपानी र सुरक्षित सरसफाई सुविधा प्रत्येक नागरिकको आधारभुत आवश्यकता नभई दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार पनि हो । तर हामीलाई थाहा छ । यो सेवा सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै धेरै चुनौतिपूर्ण छ । यही चुनौतिलाई सम्बोधन गर्दै तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरुबीच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गर्न,दीर्घकालिन प्रतिवद्धता सुनिश्चित गर्नुपर्छ । तथ्याङ्कअनुसार २७ प्रतिशत नागरिकले मात्रै सुरक्षित खानेपानी सेवाको पहुँच पाएका छन् । ६१ प्रतिशत जनसंख्याले सुरक्षित सरसफाई सुविधा पाएका छन् । १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसंख्याले सुरक्षित सरसाफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको छ । यी लक्ष्यहरु हासिल गर्न संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य छ । राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाई सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिवद्धता गर्नुपर्छ । स्थानीय तहहरुसँग समन्वय गरेर नीतिहरु परिमार्जन गर्नुपर्छ ।’

उहाँले हरेक नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने पार्टीबाट निर्णय गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सतप्रतिशत नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने प्रतिवद्धताका लागि मन्त्रीपरिषद्मा प्रश्ताव लैजाने उल्लेख गर्नुभयो । उहाँले सबै राजनीतिक दलका अध्यक्षलाई लिखित प्रश्ताव पठाउने बताउनु भयो । उहाँले तीन तहको सरकारको समन्वयमा काम गर्नसके सरसफाई सेवामा फड्को मार्न सक्ने उल्लेख गर्नुभयो ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना