सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।

नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए ।

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् ।

महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।


भर्खर

मुख्यमन्त्री शाहकाे पाँच लाख घुस प्रकरण: वन अधिकृत भट्टसँग स्पष्टीकरण माग

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग

दार्चुलामा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

दार्चुला:   दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको

एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज