सुन तस्करी प्रकरणः प्रतिवेदन अध्ययनका लागि सहसचिवको नेतृत्वमा समिति गठन

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । सुन तस्करी प्रकरण छानविनका लागि गठित समितिले बुझाएको प्रतिवेदन अध्ययन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा प्रतिवेदन अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयले कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा डीआईजीपी भीमप्रसाद ढकाल र गृह मन्त्रालयका प्रहरी प्रशासन शाखा प्रमुख उपसचिव रामबहादुर शाही छन् ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णयमार्फत प्रतिवेदन अध्ययन समिति गठन गरेका हुन् ।

सरकारले सुन तस्करी छानविनका लागि उच्च अदालतका पूर्वन्याधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त जाँचबुझ आयोगका सदस्यहरुमा पूर्वएआईजी सहकुल थापा, गृहमन्त्रालयका प्रेमराज जोशी र अर्थमन्त्रालयका किशोरजंग कार्की थिए ।

उक्त समितिले केही दिनअघि प्रतिवेदन बुझाइसकेको छ । समितिले प्रतिवेदनमा सुन तस्करी प्रकरणमा अनुसन्धानमा गम्भीर त्रुटी भएको निश्कर्ष निकालेको थियो । समितिको प्रतिवेदनकै आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका थिए ।


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र