सुनसान, धनगढी शहर

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

जेनजी प्रदर्शनका क्रममा तनावग्रस्त सुदूरपश्चिम प्रदेशका राजधानी धनगढी शहर अहिले सुनसान बनेको छ । मंगलबार जेनजी प्रदर्शनकारीहरुको हिंसात्मक र आक्रामक प्रदर्शनपछि स्थिति निकै तनावग्रस्त बनेकोमा बुधबार बिहानदेखि केही सामान्य बनेको छ ।
मंगलबार रातीदेखि नेपाली सेना परिचालन भएको छ । सेनाले अहिले विभिन्न स्थानमा गस्ती गरिरहेको छ । सडकमा फाटफुट रुपमा मोटरसाइकल र अटोरिक्सा चलेका छन् । मुख्य बजारहरु प्रायः बन्द छन् । भित्रि सडकमा साना किराना पसल र भोजनालय वा नास्ता पसलहरु फाटफुट रुपमा खुलेका छन् । स्थानीय प्रशासनले कैलाली जिल्लाभरी अनिश्चितकालीन कफ्र्यु लागू गरेको छ ।

मंगलबार जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक आक्रमणमा मुख्यमन्त्री कार्यालय, प्रदेश सभा, मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरु ध्वस्त भएका थिए । उग्र बनेका प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालयहरुमा समेत तोडफोड र आगजनी गरेका थिए । दर्जनौ सरकारी गाडीहरु जलाइएका थिए । धनगढी विमानस्थलमा समेत केही गाडीहरु जलाइएका थिए ।

कतिपय कार्यालयमा बुधबार विहानसम्म पनि आगो बलिरहेको थियो । प्रदेशसभा सचिवालय, जिल्ला समन्वय समितिको कार्यालय, उद्योग पर्यटन वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय जलेका छन् । प्रदेश मुख्य न्यायधीवक्ताको कार्यालय, भन्सार, यातायात, मालपोत र नापी कार्यालय लगायत दर्जनौ सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि