सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल

Thursday November 28, 2024

पढ्न लाग्ने समय :


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु फेरिएको स्वास्थ्य मन्त्रालय नभइ सुधारिएको स्वास्थ्य मन्त्रालय  बनाउने गरी अघि बढेको बताउनु भयो । उहाँले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभाविकारिता बढेको महशुस गराउन सक्नुपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्यमन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सिमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले निजी स्वास्थ्य संस्थाहरुले पनि नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘फेरिएको स्वास्थ्य मन्त्रालय मैले भन्न खोजेको होइन, सुधारिएको स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । टिप्पणीरहित स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभाविकारिता बढेको महशुस हामीले गराउन सक्नुपर्छ । त्यसपछि लोकतन्त्र आएको, समाजवाद लागू भएको अनुभुति गर्नसक्छौँ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी लिनुभएका व्यक्तिहरुलाई समाजले फरक ढंगबाट बुझ्न सक्नुपर्छ । मलाई मेरो पीडा मुक्त गरिदिने मान्छे हो भनेर । यसले देशको सेवा गरिरहेको छ । यसले समाजमा धेरै ठूलो योगदान पु¥याएको छ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारमा रहेका हरेकले शिर निहुराएर, समाजले त्यसरी बुझ्ने पहिचान बनाएर जान सक्नुपर्छ ।’

मन्त्री पौडेलले एक लाखको बीमालाई ५ लाख पु¥याउने, श्रोतको पक्षबाट बीमा बोर्डलाई सुनिश्चित गर्ने काममा लागिरहेको बताउनु भयो । उहाँले आयुर्वेद वा वैकल्पिक चिकित्साको सन्दर्भमा उत्पादन गर्ने संस्था अत्याधिक घाटामा रहेको बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको