सुदूरपश्चिममा सुरु भयो वर्षा, बैतडीको सतबाँजमा १० मिलिमिटर वर्षा

Saturday January 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : पश्चिम नेपालबाट शुक्रवार अपराह्नदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको पनि जानकारी दिए।

विभागबाट प्राप्त विवरणअनुसार पछिल्लो तीन घण्टामा बैतडीको शतबाँजमा १० मिलिमिटर वर्षा भएको छ र यस्तै दार्चुलामा पाँच, डडेलधुरामा ९.४, डोटीमा सात, कञ्चनपुरमा ०.८ र कैलालीमा ०.४ मिलिमिटर वर्षा भएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तर राति विस्तारै फेलिने पनि विभागले जनाएको छ।

आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.९ डिग्री तापक्रम रहेको छ । यस्तै जोमसोममा माइनस तीन र जिरीमा माइनस ०.९ डिग्री तापक्रम रहेको छ । आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले अहिले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात÷वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको जनाइएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित असिनाको समेत सम्भावना रहेको छ। सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनहुन अनुरोध पनि गरिएको छ।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा