सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता

Saturday November 30, 2024

पढ्न लाग्ने समय :


सिद्धार्थ बैक नेपाल प्रमियर लिग (एनपिएल) टिम सुदूरपश्चिम रोयल्सले ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ । काठमाडौंमा शनिवार बिहान एक कार्यक्रमबीच सुदूरका टिम मालिक र ग्लोवल आईएम बैंकका नायव प्रमुख कार्यकारी आधिकृत सुमन पेखरेलले सम्झौता गर्नुभएको हो । कार्यक्रममा प्रायोजक ग्लोवल आईएमई बैंक अंकित जर्सी सार्वजनिक गरिएको छ । सम्झौतापछि डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै खेलकुदलाई अझ उचाईमा पु¥याउन आफ्नो दायित्व बुझेर अघि सरेको बताउनु भयो ।

सुदूरपश्चिमका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोवास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । सुदूरले मंगलवार विराटनगर किंग्ससँग खेल्दै एनपिएलको शुरूवात गर्नेछ । आजदेखि शुरू हुने एनपिएलमा कुल आठ टिमबीच प्रतिष्पर्धा हुँदैछ ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको