सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा एमालले संशोधन प्रस्ताव हाल्ने

Friday June 19, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा नेकपा एमालेले नै संशोधन प्रस्ताव हाल्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको बजेट सत्ता साझेदार दलभित्रै विवादको विषय बनेको हो। सरकारमै सहभागी रहेको नेकपा (एमाले) ले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी थालेको छ।
तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा रहेको एमालेको संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले बजेटका विभिन्न पक्षमा छलफल गर्दै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ। सरकारद्वारा बजेट प्रस्तुत भएलगत्तै संशोधन दर्ता गर्ने तयारी गरिएको स्रोतको भनाइ छ।
संशोधन प्रस्तावलाई अन्तिम रूप दिन एमालेले प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलले बजेटका विवादित तथा संशोधन आवश्यक ठानिएका विषयहरूको अध्ययन गरी प्रस्ताव तयार पार्ने बताइएको छ।
बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूले बजेट निर्माण प्रक्रियामा पर्याप्त समन्वय नभएको, केही जिल्लालाई बढी प्राथमिकता दिइएको तथा एमालेका प्रदेशसभा सदस्य र मन्त्रीहरूले अघि सारेका कतिपय योजना समेटिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। बजेटका कार्यक्रम, योजना छनोट र स्रोत विनियोजनको विषयमा समेत गम्भीर समीक्षा गरिएको बताइएको छ।
सत्ता साझेदार दलभित्र नै बजेटलाई लिएर मतभेद देखिनु अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारको नेतृत्व गरिरहेको गठबन्धनभित्रै बजेटप्रति असन्तुष्टि सार्वजनिक हुनु र सत्तारुढ दल स्वयंले संशोधन प्रस्ताव ल्याउने तयारी गर्नुले राजनीतिक वृत्तमा चासो बढाएको छ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले मध्यरातमा ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए। बजेट सार्वजनिक भएलगत्तै सत्तापक्षभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। आफूले सिफारिस गरेका योजना नपरेपछि सत्तारुढ एमाले नै बजेट संशोधन हाल्ने तयारीमा पुगेको विश्लेषण गरिएको छ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।