सुदूरपश्चिम प्रदेश सरकार तीन ऐन संशोधन गर्दै

Friday April 10, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिम प्रदेश सभा बैठकले स्थानीय सेवा, दलित र जनस्वास्थ्य ऐन संशोधन गर्ने बाटो खोलेको छ ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक टेवुल गरेका छन्। यस्तै, गरेर उनले दलित सशक्तीकरण ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक पनि पेश गरेका थिए। सो विद्येयकलाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।

सो विधेयकमा परेका संशोधनबारे पनि समितिमा छलफल हुने बताइएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन विधेयक २०८२ को प्रतिवेदन प्रदेश सभामा पेश भएको छ ।

विधेयन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले सो प्रतिवेदन समितिमा दफावार छलफलपछि प्रदेशमा पेश गरेका हुन्।

सो विधेयक प्रदेश सभामा छलफल भएपछि पारित हुने प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बताए। प्रदेश सभाको अर्को बैठक चैत २७ गते बस्ने सभामुख भीमबहादुर भण्डारीले बताए।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा