सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

Saturday March 21, 2026

पढ्न लाग्ने समय :


धनगढी :  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ ।

टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले शनिवार संयुक्त रूपमा जर्सी सार्वजनिक गरे ।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरको टोलीलाई यसै सिजन देखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको थियो । एसपीए कलेजले यसै सिजनदेखि ३ वर्षका लागि प्रदेशको महिला र पुरुष दुवै टोलीको मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउँने लक्ष्यसहित अघि बढ्नुपर्ने धारणा राखे ।

साथै शाहीले प्रदेशको टोलीलाई व्यावसायिक रुपमा अघि बढाउन आफूहरूले गरेको सुरुवातलाई अन्य कर्पोरेट संस्थाहरूसँग पनि जोड्ने प्रयत्न भइरहेको बताए ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले एसपीए कलेजको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै एपीएको विश्वासलाई मैदानमा राम्रो खेल्दै प्रमाणित गर्ने प्रतिबद्धता जनाए । अनुभवी र युवा खेलाडीहरु सहित टोली सन्तुलित रहेका बताउँदै शीर्ष चारमा रहने लक्ष्यसहित टोली काठमाडौँ जान लागेको कप्तान मल्लले बताए । उनले एसपीए कलेजको सहयोगले टोलीको मानसिक अवस्था पनि सुदृढ भएको बताए ।

टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन् ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा