सुदूरपश्चिममा भीम रावलसहित १२ पूर्वमन्त्री पराजित

Monday March 9, 2026

पढ्न लाग्ने समय :


धनगढीः फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धा गरेका १२ पूर्वमन्त्री पराजित भएका छन्। विभिन्न राजनीतिक दलले उम्मेदवार बनाएका पूर्वमन्त्रीहरूलाई यसपटक मतदाताले अस्वीकार गरेका हुन्।

अछाम–१ मा नेकपाका डा. भीमबहादुर रावल नेपाली काँग्रेसका भरतकुमार स्वारसँग ५२६ मतले पराजित भए। डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो स्थानमा सीमित हुँदा काँग्रेसका भरतबहादुर खड्का विजयी भए।

कैलाली–५ मा पूर्वमन्त्री प्रेमबहादुर आले रास्वपाका आनन्दबहादुर चन्दसँग पराजित भए भने कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगरलाई रास्वपाका जनकसिंह धामीले हराए। बाजुरामा पूर्वमन्त्री प्रकाशबहादुर शाह, कञ्चनपुर–३ मा मानबहादुर सुनार तथा कैलाली–४ मा एमालेका लेखराज भट्ट पनि पराजित भए।

त्यस्तै बैतडीमा दामोदर भण्डारी, कैलाली–३ मा गौरीशंकर चौधरी, कञ्चनपुर–१ मा तारा लामा तामाङ, कञ्चनपुर–२ मा नारायणप्रकाश साउद र कैलाली–१ मा जनकराज चौधरी पनि चुनाव हार्न पुगे।

यद्यपि सुदूरपश्चिमबाट दुई पूर्वमन्त्री भने विजयी भएका छन्। दार्चुलाबाट एमालेका गणेशबहादुर ठगुन्ना र बाजुराबाट काँग्रेसका जनकराज गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा