सुदूरपश्चिममा गौरापर्व शुरु, आज बिरुडा भिजाँइदै

Monday August 21, 2023

पढ्न लाग्ने समय :


बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । केही ठाउँमा आजदेखि गौरापर्व शुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व शुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषहरुले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथीप्रति असनतुष्टी जनाएका छन् ।

पौराणिक कालमा भगवान  महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । व्रतालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको छ ।  यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको