सुदूरपश्चिममा काँग्रेस र एमाले तीन/तीन सिटमा सीमित, रास्वपा १० क्षेत्रमा विजयी

Monday March 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमाले तीन/तीन सिटमा सीमित भएका छन्। नेपालको राजनीतिमा ठुला दलको परिचय बनाएका काँग्रेस र एमाले बिहिवार भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा खुम्चिएका हुन्।

नेपाली काँग्रेसका उम्मेदवार डोटी, बाजुरा र अछाम क्षेत्र नम्बर १ मा निर्वाचित भएका छन्। अछाम क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका भरतकुमार स्वाँर विजयी भएका हुन। उनी १० हजार सात सय ५९ मतसहित विजयी भए। उनी भीम रावललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। रावलले १० हजार २३३ मत पाए। डोटीमा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन्। १४ हजार ८ सय १७ मत प्राप्त गरेर खड्का विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपक धामीले १४ हजार १ सय १० मत प्राप्त गरेका छन्। बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार जनक राज गिरी विजयी भएका छन्। गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन्।

नेकपा एमालेले पनि सुदूरपश्चिमका तीन क्षेत्रमा जित निकालेको छ। एमालेले अछाम क्षेत्र नम्बर २, दार्चुला र बझाङमा जित निकालेको हो। दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। ठगुन्ना १८ हजार ८९१ मत ल्याउँदै विजयी भएका हुन। उनका निकटतम प्रतिस्पर्धी नेपाल काँग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत पाएका छन्। बझाङबाट एमालेका युवा नेता ऐनबहादुर महर निर्वाचित भएका छन्। उनी १८ हजार ५ सय ४३ मत ल्याएर विजयी भएका हुन। महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमनामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३ सय ४ मत ल्याएका थिए। अछाम–२ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन्। ९ हजार ५१८ मत ल्याउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। नेपाली काँग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए।

सुदूरपश्चिम प्रदेशका १६ सिटको अन्तिम मत परिणाम सार्वजनिक हुँदा रास्वपाले १० सिटमा जित हात पादै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ। नेपाली काँग्रेसका पूर्व सभापछि शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामासमेत रास्वपाका उम्मेवदार विजयी भएका छन्। रास्वपाले कैलाली कञ्चनपुरमा क्लिन स्वीप गरेर ८ सिट र डडेल्धुरा, बैतडीबाट २ सिट गरी १० सिटमा जित हात पारेको हो।

कैलालीमा रास्वपाले पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपा फराकिलो मतान्तर सहित विजयी भएको छ। कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत सहित विजयी भएकी छिन। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याएका थिए।

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी भएका छन्। उनी १९ हजार ५७ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पति राम चौधरीले ११ हजार ९४९ मत ल्याएका छन्।

कैलाली– ३ मा रास्वपाका उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन्। जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरेका छन्।

कैलाली ४ मा रास्वपाका खेम राज कोइराला विजयी भएका छन्। २८ हजार ५५६ मत सहित उनी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३०१ मत ल्याएका छन्।

कैलाली – ५ मा रास्वपाका आनन्द बहादुर चन्दले विजयी भएका छन्। ३१ हजार ९५३ मत ल्याएर चन्द विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नर नारायण शाहले ११ हजार ९५८ मत ल्याएका छन्।

तीन सिट रहेको कञ्चनपुरमा पनि रास्वपा फराकिलो मतान्तर सहित विजयी भएको छ।

कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी बिना मगरले ११ हजार ११० मत ल्याइन्।

कञ्चनपुर– २ मा रास्वपाका दीपक बोहरा विजयी भएका छन्। उनी ३३ हजार ९५२ मत ल्याएर विजयी भएका हुन। उक्त क्षेत्रमा नेपाली काँग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत पाएका छन्।

कञ्चनपुर– ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी भएका छन्। उनी २७ हजार ११८ मतसहित विजयी भएका हुन । नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।

डडेल्धुरामा रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। जोशी १९ हजार १३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।

बैतडीबाट रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन्। उनी २२ हजार १ सय ३४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत ल्याएका छन्।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा