सुदूरपश्चिममा एमालेले १२ सिट जित्छः भट्ट

Sunday February 1, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

धनगढीः नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले नेकपा एमालले सुदूरपश्चिममा १२ सिटमा जित हासिल गर्ने बताएका छन्।

कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका भट्टले आइतबार अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयको उद्घाटनपछि पत्रकारसँग बोल्दै सुदूरपश्चिम प्रदेशमा १२ सिट जित्ने दाबी गरेका हुन्।

आगमी फागुन २१ मा हुने चुनावमा एमालेले सुदूरपश्चिममा जित्ने रणनीतिअनुसार चुनावी परिचालन गरेको भट्टले बताएका छन्। उनले १२ सिटमा ढुक्कसँग विजयी हासिल गर्ने बताएका हुन्। कैलाली–४ मा भने आफ्नो प्रतिस्पर्धा नेपाली काँग्रेससँगै हुने उनले बताएका छन्।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते