सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता गरिनुपर्छः सांसद शाही

Monday February 10, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट हुबहु फिर्ता गरिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताउनु भयो ।

उहाँले सरकारले जबरजस्ति गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी दिनुभयो । उहाँले सामाजि सञ्जालमार्फत हुने अपराध न्युनिकरणका लागि साइबर क्राइमजस्ता कानूनहरु विद्यमान रहेको उल्लेख गर्दै यो विधेयक पेश गर्नुको कुनै तुक नरहेको बताउनु भयो
उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल विधेयकको कामै छैन । हुबहु फिर्ता लैजानुपर्छ । कसैले लाइक, कमेन्ट, सेयर गर्ने वित्तिकै जेल हाल्ने हो ? २००७ सालमा नेपालमा रेडियो खोलिएको हो । गोर्खापत्रको स्थापना त राणाकालम भएको हो । सक्रिय पञ्चायतको बेला मुलुकमा टेलिभिजन खोलिएको छ । बोल्न पाउने अधिकारलाई ओलीले कुण्ठित गर्न सक्छन् जस्तो लाग्छ ? यदी त्यसो भयो भने संसद र सडकबाट विरोध हुन्छ । त्यो विधेयक पेस गर्ने आवश्यक्ता नै छैन । अहिले पनि हामीसँग साइबर क्राइमको ऐन छ । ओली सरकारले गलत गरेको कुरा कसैले लाइक ग¥यो, कमेन्ट गर्यो भने कारबाही हुने रे । जयजयकार गर्नको लागि गतिलो काम गर्नुप¥यो नि ।’ 
उहाँले सरकारले गरेका नराम्रा कामको आलोचना गर्दैमा कारबाही स्वीकार्य नहुने बताउनु भयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ