सात हजार घूस लिने सहायक वन अधिकृतविरुद्ध मुद्दा

Tuesday March 12, 2024

पढ्न लाग्ने समय :


काठमाडौं ।  जिल्ला सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सहायक वन अधिकृत पार्धेलाई नियन्त्रणमा लिएको हो ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको ठहर गर्दै जरिवाना र सजाय मागदाबी लिइ मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको