सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग

Friday May 10, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले सहकारीको अर्बौ रकम हिनामिनामा हुँदा लाखौँ बचतकर्ता प्रत्यक्ष प्रभावित भएकाले अविलम्ब समिति गठन हुनुपर्ने माग गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।

बैठकले तराई मधेसका विभिन्न स्थानमा आगलागी भएको र पीडितलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष माग गर्ने समेत निर्णय गरेको छ ।

साथै जलवायु परिवर्तन र चुरे विनाशका कारण तराई मधेसमा खानेपानीको समस्या दिनानुदिन विकराल हुँदै गएकोमा सङ्घीय सरकारद्वारा तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरेर जनतालाई राहत प्रदान हुनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।


भर्खर

कैलालीमा जंगलभित्र युवतीकाे हत्या

धनगढी :  कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।

कैलाली-५ : साउँदको प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने