सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छः गृहमन्त्री लामिछाने

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।

उनले भने, “सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।” देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए ।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए ।

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो ।  प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए ।

फरक प्रसङगमा बोल्दै उनले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी