सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको मृत्यु

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


सर्लाही । सर्लाहीको लालबन्दीमा घरमा सुतिरहेको अवस्थामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका(१० की ६० वर्षीया इन्द्रमाया श्रेष्ठलाई सर्पले डस्दा ज्यान गएको हो ।

श्रेष्ठ घरको ओछ्यानमा सुतिरहेको अवस्थामा दाहिने हातमा गोमन सर्पले डसेको थियो । सर्पको डसाइबाट सख्त घाइते भएकी उनलाई परिवारजनले नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याए पनि श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

स्वास्थ्य कार्यालयसहित स्थानीय प्रशासनले वर्षाको समयमा सर्पको बिगबिगी हुने भएकाले घर वरिपरि सरसफाइ गर्न तथा राति सुत्दा झुल प्रयोग गरेर सुत्न आग्रह गर्दै आएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको