सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको मृत्यु

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


सर्लाही । सर्लाहीको लालबन्दीमा घरमा सुतिरहेको अवस्थामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका(१० की ६० वर्षीया इन्द्रमाया श्रेष्ठलाई सर्पले डस्दा ज्यान गएको हो ।

श्रेष्ठ घरको ओछ्यानमा सुतिरहेको अवस्थामा दाहिने हातमा गोमन सर्पले डसेको थियो । सर्पको डसाइबाट सख्त घाइते भएकी उनलाई परिवारजनले नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याए पनि श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

स्वास्थ्य कार्यालयसहित स्थानीय प्रशासनले वर्षाको समयमा सर्पको बिगबिगी हुने भएकाले घर वरिपरि सरसफाइ गर्न तथा राति सुत्दा झुल प्रयोग गरेर सुत्न आग्रह गर्दै आएको छ ।


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’