सरकार र निजी क्षेत्र मिलेर आर्थिक सुधारमा लाग्नुपर्छः अर्थसचिव घिमिरे

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रसँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौं ७३ औं भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै  सचिव घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रका मागहरुलाई सम्बोधनका लागि नीतिगत अफ्ठ्याराहरु सहज बनाउँदै लगिने बताउनु भयो । उहाँले सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्नका लागि विभिन्न अध्यादेश ल्याएको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रको मनोवल उकासिने गरी काम गरिरहेको बताउनु भयो । उहाँले सुधार भएका ऐनहरुको कार्यविधि चाँडै बनाउने गरी काम भइरहेको बताउनु भयो । सरकारले ऐन मात्रै बनाउने भन्दा पनि कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको बताउनु भयो । उहाँले भन्सारमा देखिएका समस्याहरुलाई पनि समाधान गर्ने गरी काम गरिरहेको बताउनु भयो ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताउनु भयो । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।  विश्व भन्सार संगठनबाट निर्धारित मूल्याङ्कन पद्धतिअनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । सबै प्रकारका हार्मोनिक कोडहरुमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताउनु भयो ।

चेम्बर अफ कमर्सले ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाइ सम्मान गरेको छ । भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि