सरकार नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत छः सांसद लामा

Monday February 10, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानूनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत रहेको आरोप लगाउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जनताका समस्या र विकास निर्माणका सवालमा ध्धयानाकर्षण गरएका कुरा सरकारले सुन्न छोडेको बताउनु भयो । उहाँले पारित भएर आएको कानूनबाटै सरकार निवयमावलीको आधारमा कानून बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकार ध्यानाकर्षण गराएका कुराहरु सुनिरहेको छैन । सुनोस् पनि कसरी सरकार ऐन, कानूनमा टेकेर हैन नियमावली हेरेर ऐन कानून परिवर्तन गर्न जोड दिइरहेको छ । पारित भएर आएको कानूबाट सरकार ऐन र कानूनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानून निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रष्ट भएको छ । जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट शुरु गरौं ?’
उहाँले सरकारले विकास निर्माणका काममा चासो नदेखाएको कारण विभिन्न सडक आयोजना निर्माणको काम अलपत्र परेको समेत बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको