सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर

Sunday January 19, 2025

पढ्न लाग्ने समय :


काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरु भत्काउन शुरु गरेको छ । आईतवार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन शुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।

सो क्रममा स्थानीयहरुले केहीबेर अवरोध समेत गरेका थिए । मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । धोविखोला र वागमती नदी किनारमा करिव ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ