सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै

Wednesday November 27, 2024

पढ्न लाग्ने समय :


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आउँदो पौष ११ र १२ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ । प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूथीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवद्र्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि नीतिगत पहलहरू पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बताउनु भयो ।

सम्मेलनबारे जानकारी दिँदै मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले  भन्नुभयो, ‘कार्यक्रममा काठमाडौंमा रहेका दुई सय जना र काठमाडौं बाहिरका आठ सय जना गरी करिव एक हजार जना स्वास्थ्य क्षेत्रका विज्ञ र स्वास्थ्य सरोकारवालाहरूको सहभगिता रहने अनुमाा गरिएको छ । सम्मेलनको आयोजना स्वास्थ्य मन्त्रालयले गरेपनि अरु पनि हामीसँग सहकार्य गरिरहनु भएको छ । अन्य कुनैपनि संस्थाले हामी पनि यो इभेन्टमा पार्टनरसिप गर्न चाहन्छौं भनेर आउनुभयो भने स्वागत गर्दछौं । यसमा हामीले हेल्थमा योगदान दिनसक्ने डायस्पोरालाई नै टार्गेट गरेका हौं । अर्को, हेल्थ केयर अथोरिटिजहरु, पोलिसी मेम्बर्सहरु (देशभित्र रहनुभएका वा अन्यत्रबाट आउनुभएका), अन्य सामाजिक विसकासका क्षेत्रमा काम गरिरहेका संस्था र संचारकर्मी साथिहरुलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरेका छौं । सम्मेलनपछि हामीले मेडिकल डायस्पोरा अथवा स्वास्थ्य क्षेत्रमा डायस्पोरा इन्गेजमेन्टको हामीले वृद्धि गर्नसक्ने अपेक्षा लिएका छौं ।’

नेपाल स्वास्थ्य सम्मेलन—२०२४ मा सहभागी हुन सचिव मैनालीले आह्वान गर्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको