सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छः अध्यक्ष केसी

Friday February 7, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदको माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा लागेका आरोप लगाउनु भयो । उहाँले अध्यादेश ल्याउनै पर्नेगरी राष्ट्रलाई के संकट परेको थियो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले राजनीतिक दलहरुको यही नीति, व्यवहार र चरित्रले मुलुकको अर्थतन्त्र नसुध्रिने समेत जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसद बोलाएर संसदको माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ । संसद नबोलाउने अध्यादेशबाट देश चलाउन खोज्ने ? यो उल्टो बाटो भएन ? अध्यादेश ल्याउनुपर्ने कारण नेपाली जनतालाई बताउनु पर्यो नि । राष्ट्रको अगाडि के संकट थियो ? बाढी आएको थियो कि भूकम्प आएको थियो कि विदेशीले आक्रमण गरेको थियो कि ? संसद बस्नै नसक्ने अवस्थामा पो अध्यादेश ल्याउने हो । राजनीतिक पार्टीहरुको यो चरित्रले, यो व्यवहारले र यो नीतिले देशको अर्थतन्त्र सुघ्रिन्छ ?’

प्रमुख राजनीतिक दलका नेताहरुकै कारण मुलुकको विकास हुन नसकेको उहाँको आरोप छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको